अमेरिकाले हामीलाई अनावश्यक दबाब दिएर हैरान पारेकाे छ: इरानी फुटबल प्रशिक्षक

d8d2805d-b6af-4f4b-b88d-a95ba117c13b

तेहरान: फिफा विश्वकपअन्तर्गत न्युजिल्याण्डसँगको खेलपछि इरानका मुख्य प्रशिक्षक अमिर घालेनोईले टोलीको अवस्थाबारे गुनासो गरेका छन्।
बीबीसी पर्सियन सेवाका अनुसार उनले खेलपछि पत्रकार सम्मेलनमा अमेरिकी भूमिमा टोलीले सामना गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। घालेनोईले खेल अवधिभर मेक्सिकन समर्थकहरूले इरानी टोलीलाई साथ दिएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरे। साथै, स्टेडियममा उपस्थित इरानी समर्थकहरूको समर्थनले टोलीलाई हौसला प्रदान गरेको बताए।
तर उनले टोलीको तयारी र बसाइँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै अमेरिका प्रवेश तथा प्रशिक्षण व्यवस्थामा समयसीमा र प्रतिबन्धका कारण समस्या भएको टिप्पणी गरे। “उनीहरूले हामीलाई वातावरणमा घुलमिल हुन पर्याप्त समय दिएनन्। अहिले पनि हामीलाई आराम गर्न दिनुको सट्टा तुरुन्तै जानुपर्ने अवस्था बनाइएको छ,” घालेनोईले भने।उनले इरानी टोलीलाई विश्वकप इतिहासमै सबैभन्दा बढी दबाब र चुनौतीको सामना गर्ने टोलीमध्ये एक भएको टिप्पणीसमेत गरे।
खेलपछि इरानी टोलीको अमेरिका बसाइँसम्बन्धी प्रश्नमा उनले टोलीको अवस्थाबारे टिप्पणी गर्दै व्यवस्थापनप्रति असन्तुष्टि दोहोर्याए।समूह ‘जी’ अन्तर्गत भएको खेल २–२ को बराबरीमा सकिएको थियो। इरानले दुई पटक पछि परेर पनि पुनरागमन गर्दै बराबरी गरेको हो। टोलीका लागि रामिन रेजाइयन र मोहम्मद मोहेबीले एक–एक गोल गरेका थिए।खेल प्रतिस्पर्धात्मक बने पनि इरानले महत्वपूर्ण अंक बाँड्दै समूह चरणमा आफ्नो यात्रा जारी राखेको छ।

About Author

Advertisement