सिक्किमको लाचेन नजिक लुङनालामा मौसमको पहिलो हिमपात

photocollage_2022101815145616.jpg

गान्तोक; हिज उत्तर सिक्किमको लाचेन नजिक लुङनालामा मौसमको पहिलो हिमपात भएको छ। आजदेखि उत्तर सिक्किम घुम्न आउने पर्यटकहरूको लागि परमिट जारी गरेको छ। केही दिनदेखि सिक्किमको विभिन्न ठाउँमा लगातार पानी परेकोले गर्दा विभिन्न ठाउँमा पैह्रो गएको थियो।यसले गर्दा विशेष गरेर उत्तर सिक्किमको लाचेन, लाचुङमा घुम्न आउने धेरैजना पर्यटकहरू फँसेका थिए भने भारतीय सेनाको सहयोगमा उद्धार कार्य शुरू गरेर धेरैजना पर्यटकहरूलाई सकुशल आ-आफ्नो गन्तव्यस्थलमा पठाइएको थियो। पैह्रोले क्षतिग्रस्त बनेको सडकहरूको मरमति कार्य शुरू गरिएको छ। हिजो उत्तर सिक्किमको लाचेन नजिक लुङनालामा मौसमको पहिलो हिमपात भएपछि पर्यटकहरूमा खुसीको माहौल देखापरेको छ। यसैबीच उत्तर सिक्किम घुम्न आउने पर्यटकहरूको लागि आजदेखि परमिट पनि जारी गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement