कपासको गोदाममा भीषण आगलागी

SAVE_20221018_145641.jpg

१५ लाखको क्षति

अलिपुरद्वार: अलिपुरद्वारको पुराना बजार क्षेत्रमा बुधबार कपासको गोदाममा भीषण आगलागी हुँदा चारैतिर हलचल मच्चिएको छ। स्रोतका अनुसार पुरान बजार क्षेत्रमा रहेको कपासको गोदाममा आज दिउँसो अचानक आगलागी भएको हो। आगलागीको खबर पाउनासाथ तीनवटा दमकल घटनास्थलमा पुगेर आगो निभाउन थालेका छन्।

आगलागीको खबर पाएलगत्तै नगर अध्यक्ष प्रसेनजित कार पनि घटनास्थल पुगेका थिए। दमकलको धेरै प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। प्रारम्भिक अनुसन्धानमा सर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ भने अर्कोतर्फ आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको गोदाम मालिकले दाबी गरेका छन्। दमकलको बेलैमा आगो धेरै फैलिन नसकेको स्थानीयले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement