कालेबुङ: सन्चवीर सुब्बाले जीटीएको उप प्रमुख कार्यपाल साथै सभासद्को पददेखि पनि राजीनामा दिएका छन्। जीटीए प्रमुख कार्यपालको पदबाट अनित थापाले राजीनामा दिएपछि सञ्चवीर सुब्बाले पनि जीटीएको उप प्रमुख कार्यपाल साथै सभासदको पददेखि राजीनामा दिएका छन्। उनले आफ्नो राजीनाम विषयमा एउटा भिडियो जारी गर्दै भने, २०११ सालदेखि जीटीए पहाडमा स्थापित भएको थियो। २०१७ मा बिमल गुरुङको अगुवाइमा आन्दोलन भएको थियो। त्यो आन्दोलनपछि जीटीएलाई नै निरन्तरता दिइएको थियो।
२००९ देखि २०२६ सम्म राज्यमा गोर्खाल्यान्ड पक्षको सत्ता थिएन। तरै पनि पहाडले केन्द्रमा गोर्खाल्यान्ड पक्षधरको सांसद पठायौं। पहाडको जनताले डेढ महिना अगाडि भएको चुनावमा गोर्खाको आकांक्षाको पक्षमा भोट दिएर चुनाव जिताएको छ। त्यो आकांक्षालाई पूरा गर्न जीटीए बाधा नहोस् भनेर म राजीनामा दिदैछु।’
सुब्बाले अघि भने, ‘जीटीएमा अहिले भ्रष्टाचार छ भन्ने जुन भ्रम फैलाइएको छ। भ्रममाथि सरकारले निष्पक्ष रुपमा जाँच गरोस्।’









