७ जनाको मृत्यु
केदारनाथ- केदारनाथमा एक निजी कम्पनीको हेलिकप्टर दुर्घटना भएको छ। यो हेलिकप्टर आर्यन नामको निजी कम्पनीको हो । दुर्घटनामा ७ जनाको ज्यान गएको बताइएको छ, घटनाको जानकारी लिँदै मुख्यमन्त्री पुष्कर सिंह धामीले छानबिनको आदेश दिएका छन् ।
उत्तराखण्डको केदारनाथमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त भएको छ । प्रारम्भिक जानकारीका अनुसार यो हेलिकप्टर आयरन कम्पनीको थियो, जुन केदारनाथबाट दुई किलोमिटर टाढा गरुडछट्टीमा दुर्घटनामा परेको थियो। उक्त क्षेत्रमा बाक्लो कुहिरो रहेको कारण दुर्घटना भएको बताइएको छ । यो दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । यद्यपि मृतकको बारेमा आधिकारिक जानकारी भने आएको छैन ।








