केन्द्रीय राज्यमन्त्री शोभा करन्दलाजे सिक्किम आइपुगिन्

IMG-20260616-WA0089

रङ्पोमा भव्य स्वागत, दुई दिने व्यस्त कार्यतालिका सुरु

​पाक्योङ: भारत सरकारकी सूक्ष्म, लघु एवं मध्यम उद्यम (एमएसएमई) अनि श्रम र रोजगार केन्द्रीय राज्यमन्त्री माननीय सुश्री शोभा करन्दलाजे आज आफ्नो दुई दिने आधिकारिक भ्रमणको सिलसिलामा सिक्किम आइपुग्नुभएको छ।
​केन्द्रीय राज्यमन्त्री करन्दलाजे १६ देखि १७ जून २०२६ सम्म सिक्किमको औपचारिक भ्रमणमा रहनुहुनेछ। यस दुई दिने बसाइका क्रममा उहाँले राज्यमा आयोजना हुने विभिन्न महत्वपूर्ण सरकारी कार्यक्रमहरू, बैठकहरू र आधिकारिक व्यस्तताहरूमा मुख्य अतिथिको रूपमा सहभागिता जनाउनुहुने कार्यतालिका रहेको छ।
​आज सिक्किमको प्रवेशद्वार ‘रङ्पो टुरिस्ट फेसिलिटेसन सेन्टर’ मा उहाँ आइपुग्नुहुँदा सिक्किम सरकारको तर्फबाट भव्य र न्यानो स्वागत गरियो। उहाँलाई स्वागत जनाउन गृह विभागका प्रोटोकल अधिकारी श्री डीपी सिलाल, रङ्पोका एसडीपीओ श्री समिर प्रधान र एसडीएम कार्यालयका आरओ/एडी श्री विमल गुरुङ लगायत अन्य विभागीय अधिकारीहरूको उपस्थिति रहेको थियो।
​रङ्पोमा परम्परागत र भव्य स्वागत गरिएपछि केन्द्रीय राज्यमन्त्री करन्दलाजे आफ्नो भ्रमणका बाँकी कार्यक्रमहरूका लागि अगाडि प्रस्थान हुनुभएको छ। उहाँको यस भ्रमणले सिक्किममा साना उद्योग तथा रोजगारीका क्षेत्रमा नयाँ उर्जा थप्ने विश्वास गरिएको छ।
​

About Author

Advertisement