केन्द्रीय राज्यमन्त्री शोभा करन्दलाजे सिक्किम आइपुगिन्

IMG-20260616-WA0089

रङ्पोमा भव्य स्वागत, दुई दिने व्यस्त कार्यतालिका सुरु

पाक्योङ: भारत सरकारकी सूक्ष्म, लघु एवं मध्यम उद्यम (एमएसएमई) अनि श्रम र रोजगार केन्द्रीय राज्यमन्त्री माननीय सुश्री शोभा करन्दलाजे आज आफ्नो दुई दिने आधिकारिक भ्रमणको सिलसिलामा सिक्किम आइपुग्नुभएको छ।
​केन्द्रीय राज्यमन्त्री करन्दलाजे १६ देखि १७ जून २०२६ सम्म सिक्किमको औपचारिक भ्रमणमा रहनुहुनेछ। यस दुई दिने बसाइका क्रममा उहाँले राज्यमा आयोजना हुने विभिन्न महत्वपूर्ण सरकारी कार्यक्रमहरू, बैठकहरू र आधिकारिक व्यस्तताहरूमा मुख्य अतिथिको रूपमा सहभागिता जनाउनुहुने कार्यतालिका रहेको छ।
​आज सिक्किमको प्रवेशद्वार ‘रङ्पो टुरिस्ट फेसिलिटेसन सेन्टर’ मा उहाँ आइपुग्नुहुँदा सिक्किम सरकारको तर्फबाट भव्य र न्यानो स्वागत गरियो। उहाँलाई स्वागत जनाउन गृह विभागका प्रोटोकल अधिकारी श्री डीपी सिलाल, रङ्पोका एसडीपीओ श्री समिर प्रधान र एसडीएम कार्यालयका आरओ/एडी श्री विमल गुरुङ लगायत अन्य विभागीय अधिकारीहरूको उपस्थिति रहेको थियो।
​रङ्पोमा परम्परागत र भव्य स्वागत गरिएपछि केन्द्रीय राज्यमन्त्री करन्दलाजे आफ्नो भ्रमणका बाँकी कार्यक्रमहरूका लागि अगाडि प्रस्थान हुनुभएको छ। उहाँको यस भ्रमणले सिक्किममा साना उद्योग तथा रोजगारीका क्षेत्रमा नयाँ उर्जा थप्ने विश्वास गरिएको छ।

About Author

Advertisement