हालै बङ्गालको खाडीमा एउटा यस्तो घटना भएको छ, जसपछि चीन र पाकिस्तानमा पनि हलचल मच्चिएको छ। भारतीय नौसेनाले आईएनएस अरिहन्तबाट ब्यालेस्टिक मिसाइल (एसएलबीएम) परीक्षण गरेको छ। आईएनएस अरिहन्त एक आणविक सक्षम पनडुब्बी हो र परीक्षण गरिएको मिसाइल पनि परमाणु मिसाइल हो। यो परीक्षणसँगै भारत कुनै पनि आणविक हमलाको जवाफ दिन सक्षम रहेको एलिट क्लबको हिस्सा बनेको छ। अरिहन्त जसको अर्थ शत्रु नाश गर्ने हो र यसको नाम जस्तै यो टेष्ट पनि त्यस्तै सावित हुने भएको छ।
आईएनएस अरिहन्तलाई सन् २०१६ मा नौसेनामा भर्ती गरिएको थियो। भारतले सन् २०२० मा ३५०० किलोमिटरको दायरा रहेको के-४ एसएलबीएम परीक्षण गरेको थियो। भारतको यो परीक्षण यस्तो समयमा भएको हो जब परम्परागत शत्रु पाकिस्तान र चीन पनि परमाणु प्रक्षेपण प्लेटफर्म र हतियारको विकासमा व्यस्त छन्। पाकिस्तानको रक्षा विशेषज्ञ सुफिया उल्लानको विश्वास गर्ने हो भने उनको देशसँग हाल बाबर–३ छ जुन एसएलबीएम हो जसले समुद्रभित्र पाकिस्तानको आणविक क्षमता बढाउन सक्षम छ। यसको दायरा ४५० किलोमिटर रहेको उनले बताए। यसबाहेक पाकिस्तानी नौसेनासँग पाँच अगोस्ताद क्लमस परम्परागत पनडुब्बीहरू छन्। उनका अनुसार पाकिस्तानसँग भारतबाट आउने कुनै पनि खतराको सामना गर्ने क्षमता छ। सन् २०१९ मा जर्नल फर पीस एण्ड न्यूक्लियर डिसर्ममेन्टको रिपोर्टमा भनिएको छ कि पाकिस्तानले सन् २०१२ मा नौसेना रणनीतिक बल कमाण्ड बनाएको थियो। यसलाई समुद्रमा आणविक हतियार तैनाथ गर्ने उद्देश्यले निर्माण गरिएको हो। भारतजस्तै पाकिस्तानले पनि लामो दूरीको एसएलबीएम विकास गर्न चाहेको छ तर उसको सीमित स्रोतसाधनले त्यसो गर्नबाट रोकिरहेको छ।
पाकिस्तानले चीनलाई सन् १९८० को अप्रचलित टाइप ०९२ पनडुब्बी भाडामा दिन अनुरोध गरेको छ। यससँगै उनले आफ्ना मरीनलाई तालिम दिन पनि आग्रह गरेका छन्। भारतले सन् २०१९ मा रुसबाट अकुला २ क्लासको आणविक शक्तिमा चल्ने पनडुब्बी भाडामा लिएको थियो। भारतको उद्देश्य उन्नत र परिष्कृत पनडुब्बीहरू सञ्चालन गर्न सिक्नु थियो। त्यसपछि मात्रै पाकिस्तानले चीनलाई अनुरोध गरेको थियो। एक रिपोर्टका अनुसार पाकिस्तानले पनडुब्बी आणविक रिएक्टरको निर्माण पनि शुरु गरिसकेको छ। पाकिस्तान आणविक ऊर्जा आयोग (पीएईसी) सँगको सहकार्यमा सन् २००१ देखि नौसेनाले यसमा काम गरिरहेको छ।
चीनको कुरा गर्ने हो भने भारतको आणविक हतियारलाई लिएर चिन्तित छैन। तर, भारतसँग चीनलाई लक्षित गर्नसक्ने परमाणु हतियार छन्। चिनियाँ विज्ञहरूका अनुसार भारत र चीनबीचको सीमा विवाद जारी रहे पनि आणविक क्षमताको प्रयोग हुने अवस्था कहिल्यै आउने छैन। यदि चीनले आफूसँग भएको आणविक हतियारको हतियार बढाउँदैछ भने त्यो अमेरिकाको लागि मात्र हो।