१८ अक्टोबरः स्टार पेस बलर प्याट कमिन्सलाई अष्ट्रेलियाको वनडे इण्टरनेशनल क्रिकेट टीमको नयाँ कप्तान नियुक्त गरियो। एरोन फिञ्चले गत महिला यस प्रारूपबाट सन्न्यास लिएपछि कप्तानको पद खाली रहेको थियो। क्रिकेट अष्ट्रेलिया (सीए)-ले २९ वर्षीय कमिन्सले भारतमा आउँदो साल हुने वनडे वर्ल्ड कपमा अष्ट्रेलियाई टीमको अगुवाई गर्ने पुष्टि गऱ्यो। कमिन्स अष्ट्रेलियाका २७औं वनडे इण्टरनेशनल कप्तान हुनेछन्। उनले कप्तानीको होड़मा स्टीव स्मिथ, ग्लेन म्याक्सवेल र एलेक्स केरीलाई पछि छोड़े। यसबाहेक कमिन्स सेतो बलको क्रिकेटमा अष्ट्रेलियाको पुरुष टीमको कप्तानी गर्ने पहिलो पेस बलर हुनेछन्।
यसबीच सीए-ले वनडे इण्टरनेशनल प्रारूपमा टीमका उपकप्तानको घोषणा चाहिँ गरेको छैन। मुख्य चयनकर्ता जर्ज बेलीले भने, टेस्ट टीमको कप्तानी सम्हालेपछि प्याट (कमिन्स)-ले असाधारण काम गरेका छन्। यसैकारण हामी भारतमा आउँदो साल हुने वर्ल्ड कपमा वनडे टीमको कप्तानी पनि उनलाई सुम्पिन उत्सुक छौं। कप्तानीको होड़मा डेविड वार्नरको नाममा विचार गरिएन कारण कप्तान बन्न उनीमाथि लगाइएको आजीवन प्रतिबन्ध अहिले पनि जारी छ। यसैकारण क्रिकेट अष्ट्रेलियाले आफ्नो आचार-संहितामा बद्लाउ गर्ने विचार गरिरहेको छ। कमिन्सलाई गत वर्ष अष्ट्रेलियाई टेस्ट टीमका कप्तान नियुक्त गरिएको थियो। अष्ट्रेलियाले आउँदो वनडे इण्टरनेशनल सीरीज ईंग्ल्याण्ड विरुद्ध आउँदो महिना खेल्नेछ। सीरीजमा तीनवटा वनडे म्याच खेलिनेछ।









