अण्डर-१७ महिला विश्व कपः तीनवटा म्याचमा १६ गोल खाएर भारतको अभियान समाप्त

IMG-20221018-WA0133.jpg

१८ अक्टोबरः भारतले सोमवार राति आफ्नो अन्तिम ग्रुप (ए) म्याचमा ब्राजील विरुद्ध ०-५-ले हारको सामना गर्नु पऱ्यो। यसको साथै भारतले फीफा अण्डर-१७ महिला विश्व कपमा आफ्नो निराशाजनक अभियानको समापन गऱ्यो। आयोजक देशको रूपमा भारतले यस आयु वर्गको शीर्ष प्रतियोगितामा पदार्पण गर्ने मौका पाएको थियो। भारतले यसअघि ग्रुप ए-को म्याचमा अमेरिका विरुद्ध ०-८ अनि मोरक्को विरुद्ध ०-३-ले हारको सामना गर्नु परेको थियो। यसरी भारत तीनवटा म्याचमा जम्मा १६ गोल खाएर ग्रुप टेबलको फेदमा रह्यो। भारतले तीनैवटा म्याचमा गोल गर्न सकेन। ग्रुप ए-बाट ब्राजील र अमेरिकाले क्वार्टर फाइनलमा क्वालीफाई गऱ्यो। सोमवार खेलिएको अन्य एउटा म्याचमा अमेरिकाले मोरक्कोलाई ४-०-ले पराजित गऱ्यो। भारत विरुद्ध म्याचमा ब्राजीलबाट एलिन र स्थानापन्न खेलाड़ी लाराले २-२ गोल गरिन्। यसबाहेक एक गोल गेबी बर्चोनले छिराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement