मिरिक: प्रथम शशिप्रभा पुरस्कार कथाकार सन्ध्या आचार्यलाई उनकाे दोस्रो कथा संग्रह ‘पराकम्पन’ काे लागि प्रदान गरिएको छ। पुरस्कार स्वरूप संन्धया आचार्यलाई नगद पचास हजार रूपियाँ, स्मृति चिन्ह, अङ्गवस्त्र,खदा अनि फूल गुच्छ प्रदान गरियाे। प्रायाेजक विजय वान्तवा कैलाशी,उनका छाेरा अभिशेषक बान्तवा,छाेरी अनुग्रह बान्तवाकाे उपस्थितिमा अतिथिहरूकाे बाहुलीबाट प्रदान गरियाे। कार्यक्रममा लेखक विजय बान्तवा कैलाशीले पुरस्कार प्रदान गर्नुकाे उद्देश्य र पुस्तकबारे बताएका थिए।

कार्यक्रममा शिक्षक केसाङ लामाले स्वार्गीय शशीप्रभा वान्तवाकाे जिवनीबारे विस्तृत जानकारी गराए भने पुरस्कार प्रापक सन्ध्या आचार्यले आफूलाई पहिलाे शशीप्रभा स्मृति पुरस्कार प्रदान गरेकाेमा ज्युरी,पुरस्कार दाता अनि आयाेजकहरूप्रति आभार प्रकट गरिन। कार्यक्रममा प्रथम शशिप्रभा पुरस्कारको लागि ज्युरीहरू क्रमैले डा कविता लामा, डीबी मंगर, सुधीर छेत्रीलाई सम्मान पनि गरिएको थियो। मिरिकको लेखक विजय बान्तावा कैलाशीको पाँचौं कृति गैर आख्यान मित्याङ्सा पनि अतिथिहरूको बाहुलीबाट लोकार्पण गरिएको थियो।

उक्त कार्यक्रम मिरिक उच्च माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक वाईएन ढकालको अध्यक्षता र मुख्य अतिथिको रुपमा दधिराम घिमिरे अनि विशिष्ट अतिथिहरूमा डा कविता लामा, डा अनुराग बस्नेत, नम्रता चतुर्वेदी, सुधीर छेत्री आदि उपस्थित रहेका थिए।