जेरुशेलम :इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-गियोरले अमेरिका र इरानबीच घोषित सम्झौताप्रति कडा प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्झौता इजरायलका लागि “बाध्यकारी” नभएको बताएका छन्।
इटामार बेन-गियोरले एक्समा लेखे , “हामीलाई ट्रम्पको सम्झौता स्वीकार गर्न बाध्य पारिएको छैन। इजरायल अमेरिकाको दास होइन र हामी एक स्वतन्त्र र सार्वभौम राष्ट्र हौं।”
“हाम्रो जिम्मेवारी इजरायलका नागरिकहरू, आइडीएफका सैनिकहरू र यहूदी जनताप्रति हो,” उनले भने।
इजरायलका राष्ट्रिय सुरक्षा मन्त्रीले आफ्नो पोस्टमा लेखेका छन् – इजरायल ‘अस्थिर देश’ होइन।










