मूर्तिकारलाई यस वर्ष ठूलो अर्डर

vlcsnap-2022-10-18-10h54m46s18.png

अलिपुरद्वार: कुम्हारटोलीका मूर्तिकारहरू केही दिनको विश्रामपछि लयमा फर्किएका छन्। दुर्गा पूजापछि आजकल फलकाटा ब्लकको जटेश्वरका कुमालेहरू कालीको मूर्ति बनाउन लागेका छन्।
काली पुजा आउन अब केहि दिन मात्रै बाँकी छ। त्यसैले उनीहरु अहिले माँ कालीको मूर्ति बनाउन व्यस्त छन्। यस्तै दृश्य अहिले मूर्ति बनाउने कारखानामा देखिने गरेको छ। कतै कालो मुर्तिको संरचना निर्माण भैरहेको छ त कतै ठुलो मुर्तिको संरचनामा माटो लगाउने काम भइरहेको छ। यस सम्बन्धमा जटेश्वरका कुमाले चायन बरुवाले काली पूजा आउन केही दिन मात्रै बाँकी रहेको बताए। यो वर्ष उनलाई कालीको मूर्ति बनाउन धेरै अर्डर आएको छ। यो वर्ष उनले धेरै घर र पूजा समितिबाट ठूला मूर्तिको अर्डर पाएका छन्। त्यसैले उनीहरु अहिले मूर्ति बनाउने काममा लागेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement