पर्यटन सचिवद्वारा राज्यपाललाई कैलाश मानसरोवर यात्राको शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिको निम्तो

FB_IMG_1781546894603

गान्तोक: सिक्किम सरकारको पर्यटन अनि नागरिक उड्डयन विभागका आयुक्त एवम् सचिव राज यादवले आज राज्यपाल ओमप्रकाश माथुरसँग लोकभवनमा शिष्टाचार भेट गरे। यसै भेटघाटका क्रममा सचिव यादवले राज्यपाललाई आगामी कैलाश मानसरोवर यात्रा २०२६ को पहिलो टोलीलाई हरियो झण्डा देखाएर बिदाइ गर्ने विशेष समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित भइदिनुहुन औपचारिक निमन्त्रणा पत्र टक्राए।
​प्राप्त जानकारी अनुसार, यस वर्षको कैलाश मानसरोवर यात्राको पहिलो टोली आगामी २० जून, २०२६ का दिन भारत-चीन सीमानास्थित ऐतिहासिक नथुला भञ्ज्याङ (पास) भएर प्रस्थान हुनेछ। उक्त महत्त्वपूर्ण अवसरमा नथुलामा एक भव्य अनि विशेष समारोहको आयोजन गरिने भएको छ। राज्यपाल ओमप्रकाश माथुरले पर्यटन विभागको यस निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै मानसरोवर यात्राको पूर्ण सफलताको निम्ति हार्दिक शुभकामना पनि व्यक्त गर्नुभएको छ।
​यस शिष्टाचार भेटको अवधि आयुक्त यादवले राज्यपाल महोदयलाई यात्राको तयारी, तीर्थयात्रीहरूको सुरक्षा अनि विभागद्वारा गरिएका सम्पूर्ण व्यवस्थापनका विषयहरूमा पनि विस्तृत रूपमा अवगत गराएको कुरा लोकभवन सूत्रले जनाएको छ।

About Author

Advertisement