करीम बेञ्जेमाले जिते प्रतिष्ठित बेलोन डी’ओर पुरस्कार, महिलाहरूमा एलेक्सिया पुतेलास सर्वश्रेष्ठ

IMG-20221018-WA0125.jpg

१८ अक्टोबरः रियल म्याड्रिडसँग गत सीजनमा च्याम्पियन्स लीग र स्पेनिश ला लीगामा खिताबी जीतको अवधि असाधारण प्रदर्शन गर्ने फ्रान्सीसी फूटबलर करीम बेञ्जेमाले पहिलोपल्ट पुरुष वर्गमा बेलोन डीओर पुरस्कार जिते। यस पुरस्कारलाई पाँचपल्ट जित्ने क्रिस्टियानो रोनाल्डो यसपाली २०औं स्थानमा रहे। यसरी नै स्पेनकी एलेक्सिया पुतेलासले बार्सिलोनाको तर्फबाट फेरि एकपल्ट असाधारण प्रदर्शन गर्दै लगातार दोस्रो साल महिला वर्गमा सालकी सर्वश्रेष्ठ फूटबलरको खिताब जितिन्। गत सीजन रियल म्याड्रिडको तर्फबाट खेल्दै बेञ्जेमाको निम्ति अविस्मरणीय रह्यो। उनी च्याम्पियन्स लीग र ला लीगा दुवैमा सर्वाधिक स्कोरर रहे। उनले गत सीजनमा आफ्नो क्लबबाट ४४ गोल गरे, जसमा उनले १५ वटा त यूरोपेली क्लब फूटबलको शीर्ष प्रतियोगिता च्याम्पियन्स लीगमा छिराए। उनले क्लबको तर्फबाट सर्वाधिक गोल गर्ने खेलाड़ीहरूका सूचीमा दोस्रो स्थानमा रहने राउल गोञ्जालेजको बराबरी गरे। रियल म्याड्रिडबाट सर्वाधिक गोल गर्ने रेकर्ड क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ।

३४ वर्षीय बेञ्जेमा साल १९५६-मा शुरु गरिएको यस पुरस्कारलाई हासिल गर्ने स्टेनली म्याथ्यूजपछि दोस्रो सबैभन्दा अधिक उमेरका खेलाड़ी हुन्। बेञ्जेमाले भने, उमेर त केवल एउटा संख्या हो। खेलाड़ीहरू अहिले अधिक समयसम्म खेल्छन् अनि मभित्र अहिले पनि खेल्ने इच्छा शक्ति रहेको छ। प्रबल इच्छा शक्तिले गर्दा नै मैले कहिले हार मानिनँ। बेञ्जेमाले यसपाली प्रतिष्ठित बेलोन डीओर पुरस्कार जित्ने होड़मा लिभरपूलका पूर्व फूटबलर सेडियो माने र म्यानचेष्टर सिटीका केविन डी ब्रूएनलाई पछि छोड़े। मानेले गत सीजनमा लिभरपूलको प्रतिनिधित्व गरे पनि अहिले जर्मनीको क्लब बायर्न म्यूनिखबाट फूटबल खेलिरहेका छन्। पहिलोपल्ट बेलोन डीओर पुरस्कार गत सीजनको उपलब्धिहरूका आधारमा दिइयो। यसअघिसम्म क्यालेण्डर वर्षमा प्रदर्शनको आधारमा यो पुरस्कार दिइन्थ्यो।
यो पुरस्कार फ्रान्सको फूटबल म्यागजीन बेलोन डीओर-ले दिने गर्छ। पुरुष वर्गमा यो पुरस्कार ६६ सालदेखि प्रदान गरिँदै आएको छ। महिला वर्गमा चाहिँ ट्रफीको शुरुवात २०१८-मा गरिएको थियो तर २०२०-मा कोरोना महामारीले गर्दा यसलाई रद्द गरिएको थियो। स्पेन र बार्सिलोनाको महिला फूटबल टीमबाट खेल्ने एलेक्सियाले गत सत्रमा ४२ गोल गर्नको साथै २२ वटा गोल गराउनमा सहायता (एसिस्ट) गरिन्। उनी लगातार दोस्रोपल्ट यस पुरस्कारलाई जित्ने पहिलो महिला खेलाड़ी हुन्। एलेक्सियाले बार्सिलोनासँग गत सत्रमा स्पेनिश ला लीगाको खिताब जितिन् जबकि उनको टीम च्याम्पियन्स लीगको फाइनलमा पनि पुग्यो। देब्रे घुँड़ाको चोटले गर्दा उनी जुलाईदेखि मैदान बाहिर छिन्। एलेक्सियाले यस पुरस्कारको होड़मा आर्सनलकी बेन मीड र चेल्सीकी सेम केरलाई पछि छोड़िन्। सर्वश्रेष्ठ अण्डर-२१ खेलाड़ीको पुरस्कार बार्सिलोनाका १८ वर्षीय मीडफिल्डर गोवीले जिते। सालका सर्वश्रेष्ठ स्ट्राईकरको रूपमा गर्ड म्यूलर ट्रफी रोबर्ट लेवाण्डोस्कीलाई प्रदान गरियो। रियल म्याड्रिडका थिबोट कोर्टोइसले सर्वश्रेष्ठ गोलकीपरको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement