सिलगढी: सिलगढीको निर्माण कार्यमा श्रद्वेय बाघवीर गुरूङ र श्रद्वेय पूण्यप्रसाद प्रधानको ठूलो योगदान रहेको इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले बताएका छन्। भानुभक्त समितिले हिजो सिलगढीको गुरूङ बस्ती क्षेत्रमा बाघवीर गुरूङको सालिग अनावरण गर्यो। त्यसरी नै प्रधान नगर क्षेत्रमा पूण्यप्रसाद प्रधानको सालिग अनावरण गर्यो।आयोजित सालिग अनावरण कार्यक्रममा आयोजक भानुभक्त समितिले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसलाई ऐतिहासिक कार्यक्रममा साक्षी बन्ने निम्तो दिएका थिए।सिलगढी निर्माण गर्नमा बाघवीर गुरूङ अनि पूण्यप्रसाद प्रधानको ठूलो योगदान रहेको एडवर्डसले बताए। उनले अघि भने, सिलगढी जस्तो महानगरमा गुरूङ बस्ती, प्रधान नगर गोर्खा जातिको परिचय बन्न पूगेको छ। मैले गुरूङ साहेब अनि प्रधान साहेबको परिवारहरूसंग भेटने अवसर पाए अनि धेरै खुशी लागेको छ।’
उनले अझ भने, यस पटक बंगाल विधानसभामा हाम्रो पाँचजना गोर्खाहरू विधायकहरु निर्वाचित भएर गएको छ। यो हामी गोर्खाहरूको निम्ति धेरै खुशीको विषय हो। कार्यक्रममा मैले मंत्रीहरूसँग पनि भेट गरेको छु।’

एडवर्ड्सले भने, ‘सिलगढीको निर्माण कार्यक्रममा गुरूङ साहेब, प्रधान साहेबले जमीन प्रदान गरेर ठूलो योगदान पूराएको छ। सिलगढी दिन प्रतिदिन विकसित बन्दै जाँदैछ। बिल्डिङहरूको निर्माण फटाफट हुँदै जाँदैछ,हाम्रो मानिसहरूले पनि फ्लैटहरू किन्दै जाँदैछ यो राम्रो कुरा हो। सिलगढी महानगरमा हाम्रो मानिसहरू धेरै आउँदैछ। सिलगढीमा रहेका सबै जाति समुदायहरूसँग हामी मिलेर बस्नु पर्छ। हामीले हाम्रो संस्कृति,परम्परा साथै जातीय चिन्हारीलाई जोगाएर बस्नुपर्छ।’









