नयॉं दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले १८ देखि २१ अक्टोबरसम्म प्रगति मैदानमा आयोजित हुने ९०औं इन्टरपोल महासभालाई सम्बोधित गर्नेछन्।
बैठकमा इन्टरपोलको १९५ सदस्य देशका प्रतिनिधिमण्डल सामेल हुनेछ जसमा मन्त्री, देशका पुलिस प्रमुख, राष्ट्रिय केन्द्रिय ब्यूरोका प्रमुख र वरिष्ठ पुलिस अधिकारी सामेल रहने छन्। महासभा इन्टरपोलको सर्वोच्च शासी निकाय हो र यसको कामकाजसित सम्बन्धित महत्वपूर्ण निर्णय लिन वर्षमा एकपल्ट बैठक आयोजन हुन्छ।
लगभग २५ वर्षको अन्तरालपछि भारतमा इन्टरपोल महासभाको बैठक भइरहेको छ। पहिलोपल्ट भारतमा साल १९९७ मा इन्टरपोल महासभाको बैठक भएको थियो। भारतको स्वतन्त्रताको ७५औं वर्षको समारोहका साथै नयॉं दिल्लीमा २०२२ मा इन्टरपोल महासभाको आयोजन गर्ने भारतको प्रस्तावलाई स्वीकार गरिएको थियो।
यस अवसरमा केन्द्रिय गृह मन्त्री, इन्टरपोलका अध्यक्ष अहमद नासर अल रायसी र महासचिव जुर्गन स्टक, सीबीआई निदेशक पनि उपस्थित रहनेछन्।