गोजमुमो महासचिव रोशन गिरीद्वारा बंगालका मन्त्री दिलिप घोषलसित अनौपचारिक भेट

a853f7c8-3e11-4b83-9f7a-e88a59f2a638

दार्जिलिङ: आज गोर्खा जनमुक्ति मोर्चा महासचिव रोशन गिरीले पश्चिम बंगाल सरकारका ग्रामीण विकास, पञ्चायत तथा पशुपालन विकास मन्त्री दिलिप घोषसँग अनौपचारिक भेटघाट गरेका छन्। उक्त भेट वार्तामा दार्जिलिङ पहाड, तराई तथा डुवर्सको राजनीतिक भविष्य, त्रिस्तरीय पञ्चायत व्यवस्था, जीटीएभित्र भएका कथित भ्रष्टाचार तथा अनियमितताहरू, साथै जीटीएको वर्तमान अवस्था र अस्तित्वबारे विस्तृत छलफल भएको जानकारी गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यालय सचिव दिपेन्द्र देवानले दिएका छन्। भेटघाटपछि गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले भने, जीटीए आज लगभग अस्तित्वविहीन अवस्थामा पुगेको छ र यसले क्षेत्रका जनताको आकाङ्क्षा तथा विकासका आवश्यकताहरू पूरा गर्न आफ्नो सान्दर्भिकता गुमाइसकेको र जीटीएको अस्तित्वमा ठुएूलो प्रश्नचिन्ह लागेको बताए। उनले अझ भने, गोर्खा जनमुक्ति मोर्चा शुरुदेखि नै दार्जिलिङ पहाड, तराई तथा डुवर्सका जनताको अधिकार, पहिचान तथा लोकतान्त्रिक आकाङ्क्षाको संरक्षणका लागि निरन्तर प्रतिबद्ध रहेको र रहने जनाए।

About Author

Advertisement