जनजाति सुरक्षा मञ्च, नवगठित मंगन जिल्ला कमिटीको पहिलो बैठक सम्पन्न

IMG_20221017_233903.jpg

गान्तोक: जनजाति सुरक्षा मञ्च, सिक्किम अन्तर्गत नवगठित मंगन जिल्ला कमिटीको पहिलो बैठक आइतवार कमिटीकी अध्यक्ष छुम्की ला सारिङको अध्यक्षतामा सम्पन्न भयो। मञ्चको मंगन जिल्ला कमिटी गत १८ सेप्टेम्बरमा गठन गरिएको थियो।

बैठकमा नामग्याल लेप्चाले जनजाति सुरक्षा मञ्चको उद्देश्यबारे मानिसहरूलाई अवगत गराउन सम्बन्धित क्षेत्र अथवा गाउॅंहरूमा जागरूकता कार्यक्रम आयोजन गर्नु पर्ने सुझाउ राखे। यसै क्रममा मायाल्मित लेप्चाले नयॉं पञ्चायतहरूले आफ्नो कार्यभार सम्हालेपछि जागरूकता कार्यक्रम आयोजन गर्नु पर्ने सुझाउ राखिन्।

बैठकमा उत्तर सिक्किमका विभिन्न जीपीयूहरूमा विशेष ग्राम सभा आयोजन विषय पनि चर्चा भयो। यसरी नै बैठकमा आगामी पञ्चायत चुनाउको निम्ति गरिएको आसन आरक्षण व्यवस्था र मतदानको निम्ति सीओआईको अनावश्यकता विषय पनि चर्चा गरिएको बताइएको छ।

मञ्चको अर्को बैठक २० नोभेम्बरमा गर्ने गरिने र उक्त बैठकमा लाचेन, लाचुङ र चुङथाङका प्रतिनिधिहरूलाई पनि आमन्त्रित गरिने जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement