राजगञ्ज: घरभित्रबाटै टोटो चोरी भएको घटना प्रकाशमा आएको छ।यो घटना फुलबारी २ नम्बर ग्राम पञ्चायतको पश्चिम धनतला इलाकामा घटेको हो। श्यामल दास सधैं जस्तै गत आइतबार पनि दिनभरि टोटो चलाएर राति घर फर्किआएपछि तिनले घरभित्र टोटो राखेका थिए। आज बिहान ६ बजी टोटो चार्ज गर्न जाँदा राखेको ठाउँमा टोटो थिएन।तिनले घरभित्रबाटै टोटो हराएको चाल पाए। त्यसपछि तिनले न्यु जलपाईगढी थानामा टोटो चोरी भएकोबारे लिखित अभियोग दर्ता गरे। घटनाको जाँच शुरू गरेको न्यु जलपाईगढी थाना पुलिसले जनाएको छ।