ईंग्ल्याण्ड टीमको खेल सामग्रीहरू चोरी

IMG-20260614-WA0039

न्यूयोर्क: फिफा वर्ल्ड कप २०२६ शुरु भइसकेको छ अनि शुरुवाती म्याचहरूमै केही अप्रत्याशित नतीजाहरू देख्न पाइएको छ। यसबीच टुर्नामेण्टको अवधि बाहिरका केही घटनाहरूले पनि सबैको ध्यान आकर्षित गरेको छ। ईंग्ल्याण्डको टीमलाई वर्ल्ड कप अभियान शुरु गर्न अघि नै एउटा ठूलो चोरीको घटनाले सताएको छ। ईंग्ल्याण्ड टीमको खेलाड़ीहरूका जुत्ता, फूटबल र ट्रेनिंग उपकरणहरू फ्लोरिडाबाट कन्सास सिटीस्थित ट्रेनिंग बेसमा लगिने क्रममा बाटोमै चोरीको घटना भएको छ। चोरी भएको समानहरूमा खेलाड़ीहरूका बूट, ट्रेनिंग किट, विश्लेषण उपकरण, मुख्य प्रशिक्षक थोमस टुचेलका व्हाइटबोर्ड र मसाज टेबलसम्म सामेल छ। स्थानीय मीडिया रिपोर्टअनुसार, यस मामिलामा दुईजना मानिसलाई पक्राउ गरिएको छ। चोरीको घटना कतिजना सामेल थिए अनि कति समान हराएको छ भन्ने चाहिँ अहिलेसम्म पुष्टि भएको छैन। चोरी भएको समानहरूमा टीमका स्टार खेलाड़ीहरूका बूट पनि सामेल हुनसक्छ। टीमका कप्तान ह्यारी केन र स्टार मीडफिल्डर जूड बेलिंघमको पनि बूट चोरी भएको आशंका व्यक्त गरिएको छ। यस घटनाले ईंग्ल्याण्डको तयारीहरू प्रभावित हुनसक्छ। ईंग्ल्याण्डको वर्ल्ड कपमा पहिलो म्याच क्रोएशियाविरुद्ध रहेको छ अनि त्यस अघि सपोर्ट स्टाफहरू वैकल्पिक व्यवस्था गर्नमा जुटेका छन्।

About Author

Advertisement