गान्तोक: आगामी १० नोभेम्बरमा हुन गइरहेको पञ्चायत चुनाउको निम्ति नामाङकन पत्र भर्ने क्रम जारी रहेको छ। यसै क्रममा आज गान्तोक जिल्लाबाट कूल १३० जनाले नामाङकन पत्र जिल्लापाल एवंम रिटर्निङ अधिकारी समक्ष बुझाएका छन्। आज बुझाइएका १३० नामाङक मध्ये २४ जनाले जिल्ला पञ्चायत र रहलले वार्ड पञ्चायतको निम्ति फारम बुझाएको जानकारी गराइएको छ। यसै क्रममा नाम्ची जिल्लाबाट कूल २६७ जनाले नामाङकन पत्र भरेका छन्,जसमा ५१ जनाले जिल्ला पञ्चायत र रहलले वार्ड पञ्चायतको निम्ति नामाङकन पत्र बुझाएका हुन्। भोलि १८ अक्टोबर नामाङकन पत्र भर्ने अन्तिम मिति रहेको कारण आज धेरै जनाले राज्यको सबै जिल्लामा नामाङकन पत्र बुझाएका छन्। यसरी नै पाकिम जिल्लाबाट आज नामाङकन बुझाउने सातौं दिनमा कूल १५४ जनाले बुझाएका छन्, जसमा २४ जनाले जिल्ला पञ्चायतको निम्ति नामाङकन पत्र बुझाएको जानकारी गराइएको छ। सोही प्रकारले मंगन जिल्लाबाट कूल ११४ जनाले आज पञ्चायत चुनाउको निम्ति नामाङकन पत्र बुझाए जसमा २६ जनाले जिल्ला पञ्चायत र ८८ जनाले वार्ड पञ्चायतको निम्ति बुझाएका हुन्। यसै क्रममा सोरेङ जिल्लाबाट आज कूल १२५ जनाले नामाङकन पत्र बुझाएका छन्, जसमा १९ जनाले जिल्ला पञ्चायत र रहलले वार्ड पञ्चायतको निम्ति फारम भरेका छन्। आजसम्म उत्तर जिल्लामा ३३८ जनाले वार्ड पञ्चायत र ५९ जनाले जिल्ला पञ्चायतको निम्ति नामाङकन पत्र बुझाएका छन्। सोही प्रकारले गेजिङ जिल्लाबाट १८२ जनाले नामाङकन पत्र बुझाएका छन्, जसमा २९ जनाले जिल्ला पञ्चायत र १५३ जनाले वार्ड पञ्चायतको निम्ति नामाङकन पत्र भरेका छन्। उल्लेखनीय छ, राज्यमा हुन गइरहेको पञ्चायत चुनाउ यसपाली पार्टीविहिन हुने भएको छ भने यसको निम्ति १८ अक्टोबरसम्म इच्छुक उम्मेदवारहरूले नामाङकन पत्र बुझाउन सक्ने छन्। नामाङकन पत्रको जाँच आगामी १९ अक्टोबरको दिन हुने छ भने २१ अक्टोबरमा उम्मेदावरहरूले आफ्नो नामाङकन पत्र फिर्ता लिन सक्नेछन्। १२ नोभेम्बरको दिन मतगणना हुने चुनाउ आयोगले अगावै घोषणा गरिसकेको छ।