वान स्टप सेण्टरको पहलमा युवतीलाई निजी घरमा पुऱ्याइयो

IMG-20221017-WA0282.jpg

गान्तोक: आफ्नो आमासँग भनावैरी भएपछि रिसको बेला कोलकत्ता नर्थ २४ परगनाबाट सिक्किम आइपुगेकी युवतीलाई उनकै घर फर्काउन जोरथाङको वान स्टप सेण्टर सफल भएको छ। नाम्चीका जिल्लापालको अनुमति पाएपछि केन्द्रका प्रशासक संगिता गुरुङ अनि कार्यकर्ता बिनीता थापाको पहलमा २० वर्षीया उक्त युवतीलाई हिजो नै उनको आमालाई सुम्पिने कार्य गरियो।

प्राप्त जानकारी अनुसार, गत ३ अक्टोबरको दिन नाम्चीमा एक २० वर्षीया अलपत्र अवस्थामा युवती फेला परेको थियो भने उनलाई त्यहाँबाट शरणको निम्ति वान स्टप सेण्टर, जोरथाङ ल्याइएको थियो। उनलाई त्यहाँ ल्याएपछि सोधीखोजीको क्रममा आफ्नो आमासँग भनावैरी भएपछि भागेर सिक्किम आएको अनि आफ्नो घर नर्थ २४ परगना रहेको उनले बताइन्। त्यसपछि यो सूचना वन स्टप सेण्टर, उत्तर कोलकातामा तत्कालै पठाइएको थियो। उक्त युवतीले सहज महसुस गरे उनको शैक्षिक विकासहेतू उनलाई कोलकत्ताको स्वाधार गृहमा राखिने विषयबारे जोरथाङ अनि कोलकत्ताको वान स्टप सेण्टरमाझ धेरै चर्चा भएको थियो। तथापि, युवतीले आफ्नो कानुनी अभिभावक अर्थात आफ्नो आमासँगै फर्किने इच्छा व्यक्त गरिन्। यसैमाझ युवतीकी आमाले खर्दाह पुलिस थाना जीडी गरेकी थिइन्। यी कुराहरूलाई ध्यानमा राखेर वान स्टप सेण्टर जोरथाङले नाम्ची जिल्लाका जिल्लापालको अनुमति लिएर हिजो १६ अक्टोबरको दिन उक्त युवतीलाई उनको कानुनी अभिभावकसमक्ष सुम्पिने कार्य भयो। यस अवधि खर्दाह पुलिस थानाका अधिकारीहरू अनि बेंगल मास एजुकेशन सोसाइटीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement