सोरेङ: सोरेङ जिल्लाका जिल्लापाल एवं चुनाउ अधिकारी भीम ठटालको अध्यक्षतामा आज जिल्लाका सबै विभागीय प्रमुखहरू साथै इलेक्सन नोडल अफिसरहरूसँग आगामी १० नोभेम्बरको दिन सम्पन्न हुने चुनाउबारे तयारी बैठक सम्पन्न भयो।
तोकिएको ढाँचामा दैनिक प्रतिवेदन संकलन, सवारी साधनको व्यवस्था, छानबिनका लागि योजना, अन्तिम उम्मेदवारको सूचीकरण, उम्मेदवारलाई सम्बोधन गर्ने, आचारसंहिता, निर्वाचन सामग्री सङ्कलन, दोस्रो चरणको तालिम र मतदान सम्बन्धी निर्देशन, ईभीएम सञ्चालन, कन्ट्रोल रुममा व्यवस्था, सेक्टर म्याजिस्ट्रेटको तालिम, मतदान कर्मचारी खटाउने र अन्य आवश्यक व्यवस्था विषयबारे बैठकमा व्यापक छलफल गरियो।
जिल्लापाल एवं जिल्ला चुनाउ अधिकारी भीम ठटालले सम्बन्धित विभाग अनि निकायमाझ चुनाउ सफलतापूर्वक सम्पन्न गराउन समन्वय बनाएर पहल गरिनुपर्ने बताए।