गान्तोक: आज राजधानीस्थित राजभवनमा राज्यपाल गंगाप्रसादले पर्सन्स विथ डीसएबिलिटीस कम्युनीटि अफ् सिक्किमका सदस्यहरूलाई आवश्यक सामग्रीहरू वितरण गरे। वितरण गरिएको सामग्रीमा ह्युल चेयर, सुन्ने मसीन आदी रहेको छ। राजभवनमा आयोजित उक्त सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले शारिरीकरूपमा असक्षम व्यक्तिहरू पनि सामजका अङ्ग हुन् अनि उनीहरूलाई अवसर प्रदान गरे अवश्यै पनि देश अनि राज्यको निम्ति केही गर्नसक्ने बताए। यसको साथै यो फोरमले गरिरहेको विभिन्न कार्यको निम्ति पनि राज्यपालले सबैलाई आभार व्यक्त गर्गै आगामी दिनको निम्ति हार्दिक शुभकामना दिए। राज्यपालले आगामी दिनमा फोरमले गरिने कार्यक्रमहरूलाई पनि सहयोग पुऱ्याउने वचन प्रतिबद्धता व्यक्त गर्दै तिनीहरूको निम्ति समाजले अघि आएर अंग दान गर्नु पर्ने पनि आग्रह गरे।

आज आयोजित कार्यक्रममा डीसएबिलिटीस कम्युनीटि अफ् सिक्किमका सदस्यहरूले राज्यपाललाई आभार व्यक्त गरे। यसको साथै डीसएबिलिटीस कम्युनीटि अफ् सिक्किमकाका पदाधिकारीहरूले यो महत कार्यको निम्ति राज्यपालप्रति आभार प्रकट गर्दै धन्यवाद दिएका छन्।