सिलगढी मेट्रोपोलिटनबाट पुलिसकर्मीहरूलाई स्थानान्तरण

IMG_20220529_213908.jpg

सिलगढी। सिलगढी महकुमा परिषद चुनाउको घोषणापछि प्रशासन यसको तयारीमा जुटेको छ। सिलगढी मेट्रोपोलिटनबाट २१ जना पुलिसकर्मीहरूलाई स्थानान्तरण गरिएको छ। मेट्रोपलिटनको ६ वटा थानाका एसआई र एएसआई पदका पुलिस अधिकारीहरूलाई पनि स्थानान्तरण गरिदिएको छ। तथापि यसलाई रुटिन स्थानान्तरण बताइएको छ। प्राप्त जानकारी अनुसार एएसआई पदका पुलिसकर्मीहरूमा प्रधाननगर थानाबाट राजु सरकारलाई खालपाडामा, नीतम स्वर्णकारलाई एनजेपी थानामा, सिलगढी थानाबाट परेशचन्द्र रायलाई बाघडुग्रा थानामा, एनजेपी थानाबाट मधुसुदन कर्मकारलाई प्रधाननगर थानामा, बाघडुग्रा थानाबाट मदन ऋषिलाई प्रधाननगर थाना र भरत मग्रान्तीलाई सिलगढी थानामा, मतिगढाबाट मिराज हुसेनलाई बाघडुग्रा थानामा र खालपाडाबाट एमडी अमिनुल इस्लामलाई मतिगढा थाना स्थानान्तरण गरिएको छ। यसैगरी, एसआई पदका १३ जना पुलिसकर्मीहरूलाई पनि स्थानान्तरण गरिएको छ। जसमा प्रधाननगर थानाबाट हिरेनकुमार मोहन्तोलाई सिलगढी थाना र दिलीपकुमार पाललाई खालपाडा थानामा, भक्तिनगर थानाबाट एक विश्वजीत कुमार बसुलाई एनजेपीमा, सिलगढी थानाबाट प्रसनजीत दे सरकारलाई भक्तिनगर थानामा, सुरजकुमार छेत्रीलाई प्रधाननगर थानामा र राजुकुमार छेत्रीलाई बाघडुग्रा थानामा, पानीटयाङ्की आउटपोस्टबाट असीमकुमार दासलाई खालपाडा आउटपोस्टमा, एनजेपीबाट एमडी अजीजुल हकलाई सिलगढी थानामा, बाघडुग्राबाट दिपङ्कर चक्रवर्तीलाई एनजेपी थानामा, कंकन पाललाई सिलगढी थानामा र बाप्पी चन्द्र दे-लाई पानीटयाङ्की आउटपोस्टमा, खालपाडा आउटपोस्टबाट उपेन्द्रनाथ रायलाई बाघडुग्रा थानामा र एमडी शाहजहान अलीलाई प्रधाननगर थानामा स्थानान्तरण गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement