सिलगुडी: गुजरातमा सम्पन्न ३६औँ राष्ट्रिय खेल – २०२२ मा बंगालका लागि एकमात्र कास्य पदक विजेता पूजा प्रामानिकलाई आज डबग्राम फुलबारी ब्लक तृणमूल युवा कांग्रेस कमिटीद्वारा सम्मान गरिएको छ। यस अवसरमा डबग्राम फुलबारी ब्लाक अध्यक्ष किशोर मण्डलले फुलबारी नम्बर एक क्षेत्रको पोराझार गाउँकी पूजा प्रामानिक डबग्राम-फुलबारी ब्लक वा जलपाईगुडी जिल्लाको मात्र होइन, सिंगो बंगालको गौरव भएको बताए। कार्यक्रममा डबग्राम-फुलबारी ब्लक तृणमूल युवा कांग्रेस अध्यक्ष किशोर मण्डल, तृणमूल युवा कांग्रेस फुलबारी नम्बर १ जोन अध्यक्ष गणेश मण्डल सहित अन्य पार्टी नेता तथा कार्यकर्ता उपस्थित थिए।