दार्जीलिङ: गोर्खा जनमुक्ति मोर्चा पार्टीको अध्यक्ष विमल गुरुङ जो जीटिए चुनावविरुद्ध आमरण अनशनमा बसेका छन्। उनलाई भेट्न राज्यका विभिन्न विभागका मन्त्रीहरु लगायत आज सांसद राजु बिष्ट अनि दार्जीलिङ खरसाङको दुई विधायकद्वय निरज जिम्बा अनि बी.पी. बजगाईं गुरुङलाई भेट्न अनशन स्थलमा पुगेर गुरुङलाई अनशन उठाउने अनुरोध गरेका थिए। यसै सन्दर्भमा गोर्खा जनमुक्ति मोर्चाको कोर कमिटीको सदस्ययहरुले आज एक आपतकालीन बैठक पनि बस्यो। बैठकपछि पार्टीको महासचिव रोशन गिरीले पत्रकारहरुले सोधेको प्रश्नको जवाब दिँदै जति पनि व्यक्तिहरुले अध्यक्ष गुरुङलाई भेट्न आए उनीहरु सबैप्रति आभार प्रकट गरेका छन्। उनले अनशन समाप्त गर्ने नगर्ने विषयमा गिरीले अहिले नै कुनै स्पष्ट जवाब भने दिएनन्।