कालचिनी- कालचिनी खण्डको भारत भोटाङ सीमान्त सेन्ट्रल डुवर्स चियाबारीको रांगामाटी डिभिजनमा विशुद्ध पिउने पानीको समस्या लिएर गाउँलेहरूले बारम्बार सम्बन्धित विभागमा अर्जी पत्र चढ़ाउँदै आइरहे तापनि केही समाधान कतैबाट पनि ननिस्किएपछि आज रांगामाटी डिभिजनका गाउँलेहरूले गाउँमा एउटा सभा गर्दै पिउने पानीको सुविधा उपलब्ध गराउन प्रथमत चियाबारी कर्तृपक्ष समक्ष ज्ञापन चढ़ाउने यसबाट पनि कुनै समाधान नभए सबै गाउँलेहरू कमान कार्यालय अघि धरनामा बस्ने निर्णय सर्वसहमतिले लिएको गाउँलेहरूको पक्षबाट युवा समाजसेवी उर्गेन गुरुङले जनाएका छन्।

नजीकै पासाखा भोटाङको प्रदुषणले बर्षौदेखि पीड़ित भएर बस्न बाध्य भएको त्यसमाथि कमानको पक्षबाट आपूर्ति हुने पिउने पानी प्रदुषित भएर पानीको हाहाकारमा रांगामाटी डिभिजनका गाउँलेहरू बस्न बाध्य भइरहेको यस्तो स्थितिमा पनि रांगामाटी सेन्ट्रल डुवर्स चियाबारी बासिन्दाहरूको निम्ति न त सरकार न नै चियाबारी कर्तृपक्ष कसैले नसुनेकोले अब रांगामाटी बासिन्दाहरू आन्दोलनमा ओर्लिने आजको सभामा निर्णय लिएको उर्गेन गुरुङले जनाएका छन्।