प्रधानमन्त्री मोदी देशकै सबैभन्दा धेरै समयसम्म सेवा गर्ने प्रधानमन्त्री बनेकाे मा मुख्यमन्त्री तामाङद्वारा हार्दिक बधाई ज्ञापन

FB_IMG_1781113898079

गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङले माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीलाई भारतको इतिहासमै सबैभन्दा लामो अवधिसम्म चुनिएका प्रधानमन्त्री बनेकोमा दरो बधाई टक्र्याएका छन्।​आफ्नो बधाई सन्देशमा मुख्यमन्त्रीले भनेका छन्, ‘भारतको पहिलो प्रधानमन्त्री पं. जवाहरलाल नेहरूको रेकर्डलाई माथ गर्दै, ४,३९९ दिनभन्दा धेरै कार्यभार सम्हालेर मोदीजीले देशको लोकतान्त्रिक इतिहासमा एउटा नयाँ पाना कोरेका छन्। यो ऐतिहासिक उपलव्धिले मोदीजीको दूरदर्शी नेतृत्व, अथक परिश्रम र राष्ट्र निर्माणप्रतिको निष्ठामाथि भारतवासीले कति साह्रो भरोसा राखेका छन् भन्ने कुरालाई छर्लङ्ग पार्छ।​प्रधानमन्त्रीको रूपमा १२ वर्षको कार्यकाल पूरा गरिरहँदा, उनको नेतृत्वले करोडौँ देशवासीलाई प्रेरणा दिँदै सन् २०४७ सम्ममा ‘विकसित भारत’ बनाउने यात्रामा अघि बढाइरहेको कुरा पनि मुख्यमन्त्रीले उल्लेख गरे। सिक्किमका जनताको तर्फबाट उनले प्रधानमन्त्री मोदीलाई आगामी दिनहरूमा पनि यसरी नै देशको सेवा गरिरहन पाऊन् भनी हार्दिक शुभकामना र बधाई दिएका छन्।

About Author

Advertisement