कोलकाता: पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी पूर्व भारतीय क्रिकेटर सौरभ गांगुलीको समर्थनमा उभिएकी छन्। उनले सौरभ गांगुलीमा विश्वलाई गर्व रहेको बताएकी छिन्। ‘उनले आफूलाई खेलाडीको रूपमा प्रमाणित गरेका थिए र उनी अध्यक्षका रूपमा बीसीसीआईमा राम्रो प्रशासक थिए’, उनले भनिन्। सौरभ गांगुलीले क्रिकेट एसोसिएसन अफ बङ्गालको चुनावमा अध्यक्ष पदका लागि दाबी गर्ने बताइएको छ। उनी क्याब अध्यक्षको पदमा फर्किन चाहन्छन्।
यसका लागि मुख्यमन्त्री ममता ब्यानर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि अपिल गरेकी छिन्। उनले भनिन्, ‘सौरभ र अमित शाहका छोरालाई तीन वर्षको कार्यकाल दिइएको थियो, तर अमित शाहका छोराको कार्यकाल सकिएन तर सौरभको कार्यकाल सकिएकोमा मलाई आश्चर्य लागेको छ। अमित शाहका छोरासँग मलाई कुनै समस्या छैन, तर सौरभलाई किन यसरी हटाइयो? उनीहरुमाथि अन्याय भयोl यसको भर्पाइ केवल तपाईंले गर्नसक्नु हुन्छl’ मुख्यमन्त्री ममता ब्यानर्जीले सौरभ गांगुलीलाई चुनावमा उम्मेदवार बनाउन बीसीसीआईसँग कुरा गर्न प्रधानमन्त्री मोदीलाई अपिल गरेकी छन्। ‘सौरभ बीसीसीआईमा जान योग्य छन्। सौरभलाई आईसीसी चुनाव लड्न अनुमति दिन प्रधानमन्त्रीसँग अपिल गर्छौंl सौरभलाई किन वन्चित गरियो? उसको के दोष थियो? देश र संसारका सबैले उनलाई चिन्छन्। म यो देखेर छक्क परेकी छु कि उनलाई कसरी वन्चित गरियो। यसलाई राजनीतिक र प्रतिशोधका साथ नलिनुहोस्। उनी राजनीतिज्ञ होइनन्। उनी र क्रिकेटको लागि निर्णय गर्नुहोस्l’