मालबजार- हिज एक्शन एड एसोसिएटद्वारा आयोजना अनि युनिसेफ अनि ब्लक प्रशासन मालबजार, जलपाइगढीको सहयोगमा बाग्राकोट ग्राम पञ्चायत अन्तर्गत सोनाली चियाबारीमा अन्तर्राष्ट्रिय बालिका दिवस पालन गरियो। ब्लक कल्याण अधिकारी डली लेप्चा, बाग्राकोट ग्राम पञ्चायतका प्रधान, सदस्य आदिको उपस्थिति रहेको थियो। कार्यक्रमलाई एक्शन एड एसोसिएटका जिल्ला संयोजक सन्ध्या छेत्री अनि एक्शन एड एसोसिएटका ब्लक संयोजक पुजा शर्माले सञ्चालन गरेका थिए भने कार्यक्रममा बाग्राकोट ग्राम पञ्चायतको सोनाली र सवगाउँको पार्ट नम्बर १९ र २० मा अन्तर्राष्ट्रिय बालिका दिवसबारे मानिसहरू सचेत गराइयो।
दिउँसो १२ बजी अन्तर्राष्ट्रिय बालिका दिवसको नारा ‘ हाम्रो समय अहिले हाम्रो अधिकार, हाम्रो भविष्य’ भन्ने थिममा स्वागत मन्तव्य राखेर कार्यक्रम आरम्भ गरिएको थियो। कार्यक्रममा भुमिका नृत्य समुहले सुन्दर नृत्य प्रस्तुत गरेका थिए भने प्रतिमा उराउँले राष्ट्रपति द्रोपती मुर्मुको विषयमा सबैलाई जानकारी गराइन्। कार्यक्रममा नारी शक्ति तथा नारीहरूको निम्ति सरकारद्वारा प्रदान गरिएको सहुलियतबारे पनि चर्चा गरियो। कार्यक्रमभन्दा अघि एउटा सचेतना ऱ्याली पनि निकालिएको थियो।