तीनधारेको अनिस माझीद्वारा देहरादुनमा सम्पन्न म्याराथनमा सहभागी

IMG_20221017_205217.jpg

खरसाङ: तीनधारेको १७ माइल निवासी धावक अनिस माझीले देहरादुनमा सम्पन्न सरमाङ देहरादून अन्तर्राष्ट्रीय म्याराथन २०२२मा भाग लिएका छन्। सोमबार देहरादुनमा सम्पन्न म्याराथनमा अनिस माझीले १० किलो मीटरको म्याराथनमा ३७ मिनटमा पूरा गरेर वर्ष अनुसारको वर्गमा चौथौ अनि सबै वर्गमा दशौं स्थान ओगट्न सफल भएका छन्। उनीसितै मिरिकको प्रशान्त रहपालले ४२ किलोमीटरको म्याराथनमा चौथो अनि सबै वर्गमा तेस्रो भएको जानकारी प्राप्त भएको छ। दुवैले देहरादुनको राजीव गाँधी अन्तर्राष्ट्रीय क्रिकेट स्टेडियमको एथलेटिक मैदानमा सहभागी बनेका थिए। सरमाङ देहरादून अन्तर्राष्ट्रीय म्याराथन २०२२ लाई विश्व एथलेटिकले प्रमाणित गरेको जानकारी प्राप्त भएको छ। उक्त म्याराथनमा भाग लिएर तीनधारेको १७ माइल निवासी अनिस माझीले अंश ग्रहण गरेर आफ्नो क्षेत्रलाई गौरान्वित बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement