भागोप्रमो श्रमिक संगठनको पहलमा फुवागढी अनि मेची डिभिजनका २८ जना कर्मचारीहरूले पाए न्याय

IMG-20221017-WA0260.jpg

मिरिक: मिरिक महकुमा अन्तर्गत फुवागढी अनि मेची दुईवटा डिभिजनका २८ जना कर्मचारीहरूलाई प्रबन्धक पक्षले उनीहरूको पदबाट अवोन्नति (डिमोशन) गरेको थियो। सोही विषयलाई लिएर सोमबार भागोप्रमो हिल तराई डुवर्स प्लान्टेसन वर्कर्स युनियन सौरेनी समष्टिका प्रतिनिधिहरूले फुवागढी अनि मेची डिभिजनका कर्मचारीहरूप्रति प्रबन्धक पक्षले गरेको अन्यायको घोर आपत्ति जनाउँदै खरसाङ संयुक्त श्रम आयुक्त कार्यालयमा एउटा ज्ञापन चढाउँदै कार्यालयका अधिकारीसँग बैठक पनि बसेको जानकारी भागोप्रमो सौरेनी समष्टिका सचिव विनय सुब्बाले गराएका छन्। लामो छलफल भएपछि संयुक्त श्रम आयुक्त अधिकारीले ती सम्पूर्ण कर्मचारीहरूलाई पुन: आ-आफ्नो पदमा नियुक्त गरिनु पर्ने प्रबन्धक पक्षलाई निर्देश दिएको उनले बताएका छन्। यसबाहेक सुब्बाले भने, श्रमिकको योगदानले नै कम्पनी साथै राष्ट्र चल्ने गर्दछ। तर श्रमिकहरूलाई आफ्नो योग्यता अनुसारको पद नदिएर पदबाट अवोन्नती गर्नु भनेको खेदको विषय हो। हामी यस्तो अन्याय र अत्याचार कदाचित सहन गर्दैनौ। यसै कारण हामीले कानुन बमोजिम न्यायको ढोका ढकढकाएका हौ र आज श्रमिकवर्गको जीत भएको छ भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement