दुवैमाझ पहाडको स्थायी राजनीति समाधानमाथि चर्चा भएको जानकारी
खरसाङ: दार्जीलिङ पहाडको समस्याको समाधानको निम्ति केन्द्र सरकारको निर्देशनमा पहाडमा रहेका इन्टरलोक्युटर पंकजकुमार सिंहसित जीटीए प्रमुख अनित थापाले आज भेट गरेका छन्। जीटीए प्रमुख अनित थापाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भने, इन्टरलोक्युटर पंकजकुमार सिंहको निमन्त्रणामा मैले आज उनलाई भेट गरे। हाम्रो भेटघाट आरआर ब्लकस्थित तकदाह फरेस्ट गेस्ट हाउसमा सम्पन्न भयो। मेरो भेटघाट जीटीएको प्रमुख कार्यपालको हैसियतमा भएको थियो।’
45 मिनटको बैठकमा जीटीए प्रमुख अनित थापा र इन्टरलोक्युटर पंकजकुमार सिंहमाझ पहाडको स्थायी राजनीति समाधानमाथि चर्चा गरेको जानकारी प्राप्त भएको छ। यो बैठक सौहार्दपूर्ण रहेको बताइएको छ।










