मुख्यमन्त्री हाँसीमाराबाट सोझै हेलिकप्टर मार्फत मालबजार प्रस्थान

33090171-4c02-485b-a192-9292b0d0bf44

कालचिनी- आज पूर्वनिर्धारित सूची अनुरुप मुख्यमन्त्री ममता ब्यानर्जी मालबजार आईपुग्ने क्रममा प्रथमत चार्टर्ड विमानमा हाँसीमारा वायुसेना विमान अड्डामा आइपुगेता पनि हाँसीमाराबाट सड़क मार्ग भएर मालबजार प्रस्थान गर्नको सट्टा विमान अड्डाबाट पुनः हेलिकप्टर चढ़ेर मालबजार गएकी थिईन।  यता मुख्यमन्त्री हाँसीमाराबाट सड़कमार्ग भएर मालबजार जान्छिन् भन्ने आशामा आज तृणमूल नेता अनि समर्थकहरू हातमा दलीय झण्डा लिएर तयार बसेको थियो।

तर मुख्यमन्त्री हाँसीमाराबाट पुनः हेलिकप्टर चढ़ेर जाँदा तृणमूल समर्थकहरू निरास भएर घर फर्किन परेको थियो। अचानक मुख्यमन्त्री सड़कमार्ग भएर आउँछिन कि भनेर प्रतिक्षामा बसेका तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव र आईएनटीटीयूसी अलिपुरद्वार जिल्ला सभापति विनोद मिञ्जले आफूहरू मुख्यमन्त्रीको स्वागत गर्नलाई बसेको थियो तर समय र सुरक्षाको दृष्टिमा मुख्यमन्त्री हाँसीमाराबाट पुनः हेलिकप्टर चढ़ेर मालबजार प्रस्थान भएकी यसमा कुनै प्रकारको गुनासो आफूहरूसित नरहेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement