तीनधारे महानदी समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्री

Tindharay-BGPM

खरसाङ: आउँदो जीटीए चुनावमा तीनधारे महानदी समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट तीनधारे निवासी नवराज छेत्रीले टिकट पाएका छन्। उनी गत ८ अप्रेलदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाव को-अर्डिनेशन कमिटीको को-अर्डिनेटर पदमा चयन भएका थिए। राजनीतिमा नवराज छेत्री नयाँ अनुहार रहेको छ। उनी राजनीतिमा आउनु अघि एकजना सामाजिक कार्यकर्ता साथै पूर्व फूटबल खेलाड़ी हुन्। यसपाली जीटीए चुनावमा तीनधारे महानदी समष्टिबाट नै प्रार्थी दिएको कारणले पार्टी कार्यकर्ताहरू खुशी नै देखिएका छन्। योभन्दा अघिको जीटीए चुनावमा तीनधारे महानदी समष्टिबाट खरसाङ बजारको प्रार्थी दिएर सभासद बनिएको थियो भने यसपाली आफ्नै क्षेत्रका मानिसलाई पार्टीले टिकट दिएका छन्। नवराज छेत्री राजनीतिमा आउनु अघि श्रीगणेश सहकारी समितिको उप सभापति रहेका छन् भने स्वनिर्भर दलहरूलाई प्रशिक्षण दिने कार्यमा लगभग १२ वर्षसम्म जिल्ला शोध व्यक्तिको रुपमा कार्य गरेका थिए। नवराज छेत्री तीनधारे क्षेत्रमा सामाजिक कार्यकर्ताको रुपमा चुनिएका छन्। उनी फूटबलमा राज्य स्तरीय फूटबल खेलाड़ी रहेका छन् भने लामो समयदेखि फूटबल टुर्नामेन्टहरूमा निर्णायकको रुपमा पनि रहेका छन्। यसपाली जीटीए चुनावमा तीनधारे महानदी समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट टिकट पाएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै नवराज छेत्रीले आफूले टिकट पाउँछ भनेर सोचेको पनि थिइन अनि टिकट पाउनुपर्छ भनेर कसैलाई भनेको पनि थिइन र मैले टिकट पाउनुपर्छ भनेर काम गरेको थिइन। यसरी अचानक पार्टीले टिकट दिएकोले म अचम्भित बनेको तर यो जिम्मेवारी दिएकोले म पार्टी अध्यक्ष अनित थापालगायत सबै पार्टी कार्यकर्ताहरुलाई धन्यवाद दिएका छन्। छेत्रीले आफू सामाजिक कार्यहरू गर्दा गर्दै सामाजिक कार्यको लागि राजनैतिक सहयोग पनि चाहिने भएकोले आफू राजनीतिमा आएको बताएका छन् । उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थिति तीनधारे महानदी समष्टिमा राम्रै रहेकोले साथै पार्टी कार्यकर्ताहरूको सहयोगमा आफ्नो जीतप्रति आशावादी रहेको बताएका छन्। उनले आफूले टिकट पाएपछि समष्टीका सबै पदाधिकारीहरू र पार्टी कार्यकर्ताहरुले आफूलाई शुभकामना दिइरहेकोले समष्टिमा सबैजना नै खुशी रहेको बताएका छन्। उनले जीटीए चुनावमा तीनधारे महानदी समष्टिको सबै जनतालाई जिताउने निवेदन गरेका छन् भने आफू जनताको भोटले सभासद बनेपछि तीनधारे महानदी समष्टिको सबै समस्याहरु बिस्तारै समाधान गर्दै जाने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement