ढाका: बंग्लादेशका टी२० कप्तान लिटन दासले टी२० वर्ल्ड कपको वहिष्कारमाथि प्रतिक्रिया दिएका छन्। बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी)-ले भारतमा सुरक्षाको कारणहरू देखाएर फरवरी-मार्चमा भएको टी२० वर्ल्ड कप वहिष्कार गरेको थियो। यसपाली लिटन दासले टुर्नामेण्टमा खेल्न नपाएकोमा निराशा व्यक्त गरेका छन् अनि उनको ताजा बयान बंग्लादेशको शुरुवाती बयानको ठीक विपरीत रहेको छ। वास्तवमा पेस बलर मुस्ताफिजुर रहमानलाई कलकत्ता नाइट राइडर्सबाट बाहिर गरिएपछि बीसीबी-ले बंग्लादेशमा आईपीएलको प्रसारणमाथि रोक लगाउनको साथै टी२० वर्ल्ड कपको निम्ति टीमलाई भारत पठाउन अस्वीकार गरेको थियो। बीसीबी आफ्नो मागमा अडिग रहँँदा आईसीसीले कुनै शीप नचलेर बंग्लादेशलाई टी२० वर्ल्ड कपबाट बाहिर गरेर स्कटल्याण्डलाई टुर्नामेण्टमा सामेल गरेको थियो। लिटनले टी२० वर्ल्ड कपबाट हट्ने फसेलामाथि प्रश्न उठाउँदै यसको तुलना बंग्लादेशको अन्य देशहरूको यात्रा अनुभवहरूसँग गरे। लिटनले एउटा साक्षात्कारमा भने, हामीलाई भारतमा खेल्नु सुरक्षित नहुने भनिएको थियो। त्यसो भए त हामीले पाकिस्तानमा पनि खेलेका छौं। त्यहाँ त सुरक्षाकर्मीहरू बन्दुक लिएर हाम्रो रूम बाहिर उभिएका हुन्छन्। त्यसभन्दा खतरनाक अरू के हुन सक्छ र? हामी पाकिस्तानमा खेल्न सक्छौं भने भारतमा किन नखेल्ने? उल्लेखनीय छ, बंग्लादेशका अन्तरिम खेल सल्लाहकार आसिफ नजरुलले पहिला खेला़डीहरू र बीसीबी-ले मिलेर टुर्नामेण्टमा नखेल्ने फसेला गरेको बयान दिएका थिए। लिटनले चाहिँ यस दावीलाई खारेज गरेका छन्। उनले भने, यो फसेला त्यति आम सहमतिको साथ लिइएको थिइएन, जसरी यसलाई पेश गरियो। अन्तिम फसेलामा खेलाड़ीहरूका दृष्टिकोणलाई सम्पूर्ण रूपले सामेल नगरिएको हुनसक्छ।











