मिथुन चक्रवर्तीलाई स्थान दिइएको छ
कोलकाता। भारतीय जनता पार्टीको प्रदेश एकाइको समितिमा व्यापक फेरबदल भएको छ। सोमबार सार्वजनिक भएको सूची अनुसार मिथुन चक्रवर्तीलाई स्थान दिइएको छ, जसले प्रत्यक्ष राजनीतिमा थप सक्रिय हुने प्रष्ट पारेको छ।दुर्गा पूजाअघि प्रदेश भ्रमणमा आएका मिथुन चक्रवर्तीसहित वर्तमान प्रदेश सभापति सुकान्त मजुमदार, विपक्षी दलका नेता शुभेन्दु अधिकारी, राष्ट्रिय उपाध्यक्ष दिलीप घोषलाई प्रदेश कमिटीमा स्थान दिइएको छ। २४ शीर्ष नेतासहितको कोर कमिटी तयार गरिएको छ। पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाको हस्ताक्षरमा तयार पारिएको यो नयाँ कोर कमिटीको विशेषता भनेको यति ठूलो कोर कमिटी राज्यमा आजसम्म कहिल्यै बनेको थिएन। पूर्व प्रदेश अध्यक्ष राहुल सिन्हा, केन्द्रीय मन्त्री निशिथ प्रामानिक, शान्तनु ठाकुर र जोन बारलालाई पनि यसमा स्थान दिइएको छ। यसअघिको कोर कमिटीमा समेत रहेका सुभाष सरकार यसपटक पनि सदस्य छन् भने पूर्व केन्द्रीय मन्त्री देवश्री चौधरीलाई पनि समावेश गरिएको छ। समितिमा शीर्षमा सुकान्त मजुमदार र दोस्रोमा शुभेन्दु अधिकारीको नाम छ। तेस्रो नम्बरमा दिलीप घोषको नाम छ। त्यसपछि स्वपन दासगुप्ता, अनिर्मान गांगुलीले स्थान पाएका छन् ।प्रदेश सभामा पार्टीका प्रमुख सचेतक मनोज तिग्गा पनि कोर कमिटी सदस्य छन्। यसमा दुई विधायक अग्निमित्रा पल र दीपक बर्मनलाई पनि स्थान दिइएको छ। दुवै प्रदेश भाजपाका महासचिव हुन्। यसबाहेक प्रदेश सचिव तथा सांसद लकेट चटर्जी, ज्योतिर्मय सिंह महतो र जगन्नाथ चटर्जीलाई पनि कोर कमिटीमा स्थान दिइएको छ। प्रदेश संगठनका महासचिव अमिताभ चक्रवर्ती र बंगाल इन्चार्ज सतीश धोन्ड पनि कोर कमिटीका सदस्य छन्। २४ सदस्यीय कोर कमिटीमा २० जना असाधारण सदस्य र चार विशेष आमन्त्रित छन्। यी चार जनामा संघका महासचिव सुनील बन्सल, केन्द्रीय पर्यवेक्षक मंगल पाण्डे र दुई सहइन्चार्ज अमित मालवीय र आशा लाक्रा हुन्।