क्रामाकपा सोनादा जोनल दुईको सभा सम्पन्न

IMG-20260608-WA0109

सोनादा: मार्गरेटस होपमा क्रामाकपा पार्टी सोनादा जोनल दुईको स्थानीय दुईवटा शाखा कमिटीलाई लिएर कमरेड शरद विश्वको सभापतित्वमा सभा सम्पन्न गरियो। उक्त सभामा हालको बंगालमा भाजपा सरकार गठन वा नयाँ सरकारप्रति बधाई टक्राउॅदै दार्जिलिङ, कालेबुङ, खरसाङ क्षेत्रमा नवनिर्वाचित भाजपा विधायक साथै तराईका दुई विधायकप्रति पार्टीको तर्फबाट बधाई दिँदै बंगालमा परिवर्तन आम नागरिकको हितमा हुनेछ र यो सरकारले गोर्खाहरूको दिर्घकालीन माग वा राजनैतिक समस्यालाई बंगालदेखि अलग्गै संवैधानिक समाधान अविलम्ब गरिदिने अपिल गर्दै हाल पहाडको राजनैतिक परिपेक्ष्यमाथि मन्थन गरिएको जानकारी प्राप्त भएको छ।सभामा चर्चा परिचर्चा गरिन्दै पहाडमा केन्द्र सरकारद्वारा सञ्चालित जल जीवन मिशन अन्तर्गत पिउने पानीको योजनाबद्ध कार्यान्वयन भएको छैन भन्दै हरेक क्षेत्रमा विशेष स्थानीय क्षेत्रतिर अधुरो कार्य र कामै नगरिएको स्थिति ज्वलन्त उदाहरण छ भनी बताइएको छ‌‌ सभामा पिउने पानीको समस्या प्रत्येक गाउँ घरमा छ र सम्बन्धित निकाय अन्तर्गत सरकारले उक्त कार्य चाडोभन्दा चाडो हस्तक्षेप गरेर योजनाबद्ध तरिकाले कार्यान्वयन गरिदिने छ भनी आशावादि रहेको सभामा बताइएको छ। ग्रामीण क्षेत्रमा पन्ध्र र सोह्रौँ आयोगको के कति योजनाहरू कार्यान्वयन भयो कति भएन सम्बन्धित अन्य योजनाहरू बुझ्न खण्ड विकास अधिकारी तथा ग्राम पञ्चायत कार्यालयमा ज्ञापन दिन पार्टीद्वारा टोली जाने प्रस्ताव ग्रहण गरियो। उक्त सभामा १९५५ को ऐतिहासिक मारगेट्स होप आन्दोलनमा शहीद भएकाहरूलाई श्रद्धाञ्जली एवं शहीद दिवस आगामी २५ जूनको दिन सोनादा बजारमा पालन गरिने पनि आजको सभाले निर्णय गरियो। सभामा केन्द्रीय कमिटिका उपाध्यक्ष आरपी पाख्रिन, केन्द्रीय कमिटीका एनआर सुब्बा,जोनल सचिव जेके सुब्बा केन्द्रीय कमिटीका आरके राई, नारी संयोजिकामा फूलसरी तामाङ लगायत शाखा कमिटीका सदस्य- सदस्याहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement