सलोनी राई स्मृति नक्आउट फूटबलः शक्ति संघ कालीझोड़ा (Shakti Sangh Kalijhora) सेमिफाइनलमा

IMG_20221017_183642.jpg

१७ अक्टोबरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार शक्ति संघ कालीझोड़ाले आफ्नो म्याच जितेर सेमिफाइनलमा स्थान बनायो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा शक्ति संघ कालीझोड़ाले अल स्टार एफसी, रम्बीलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट पुजन सु्ब्बा र गणेश लिम्बुले १-१ गोल गरे। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement