मंगपू गोल्ड कपः दार्जीलिङ पुलिस सजिलै क्वार्टर फाइनलमा

IMG_20221017_183321.jpg

१७ अक्टोबरः मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२-मा दार्जीलिङ पुलिसले सजिलै क्वार्टर फाइनलमा स्थान बनायो। मंगपू जन मैदानमा सोमवार खेलिएको म्याचमा दार्जीलिङ पुलिसले ओरगेंग क्लब (डिमाकुची, असम)-लाई ४-०-ले पराजित गऱ्यो। म्याचको पहिलो हाफमा ३ अनि दोस्रो हाफमा १ गोल भयो। दार्जीलिङ पुलिसबाट नयन प्रधान, शुभम (हर्के) लामा, अभिषेक दर्जी र सुमन लेप्चा गोल गरे। आजको विजेता दार्जीलिङ पुलिसले अब २१ अक्टोबरमा खेलिने क्वार्टर फाइनलमा केबीपीएस (ढाका), बंग्लादेशको चुनौती स्वीकार्नेछ। यसरी नै मंगलवार खेलिने पहिलो क्वार्टर फाइनल म्याचमा आमुक्त परिवार र नाइटचेस क्लब (नेपाल)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २२ र २३ अक्टोबरमा खेलिनेछ। यसरी नै फाइनल ३० अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement