रंगमुस सिडर्स चियाबारीमा सरकारले कोल्टे नीति अप्नाए श्रमिकहरूले दिए आन्दोलनको चेताउनी

IMG-20221017-WA0243.jpg

सोनादा: बन्सल ग्रुप अधीनस्थ रहेको रंगमुस सिडर्स चिया बगानको फैक्ट्ररी परिसरमा गोस्लोको कार्यक्रम लगातार चलिरहेको छ। रंगमुस सिडर्स चिया बगानको श्रमिकहरूले गत ७ दिनदेखि आफ्नो हक र अधिकारको मांग गर्दै गोस्लो आन्दोलन चलाउँदै आईरहेको छ। आजको गोस्लो कार्यक्रम एंव गेट मिटिङमा चिया बगानको मालिक पक्षले श्रमिकहरूको चारवटा रहेको खर्च र दुईवटा मासिक वेतन, श्रमिकहरूले पाउनु पर्ने एरियर अनि ग्राजुएटी यथाशीघ्र दिनु पर्ने मांग दोहोराएका छन्। रंगमुस सिडर्स चिया बगानको श्रमिकहरूले जबसम्म मालिक पक्षले आफुहरूले पाउने हक र अधिकार दिन्दैन तबसम्म गो स्लोको कार्यक्रम जारी राख्ने स्पष्ट बताएका छन्। गो स्लोको कार्यक्रममा अंश ग्रहण गर्ने श्रमिकहरूले बगान जो सुकैले संचालन गरोस तर श्रमिकहरूले पाउनु पर्ने रोजी, वेतन साथै अवकाशप्राप्त श्रमिकहरूले ग्राजुएटी यथाशीघ्र दिनुपर्छ भन्ने विषयहरूमाथि आफुहरू अडिग रहेको बताएका छन्। चिया बगान एंव श्रमिकहरूको विषयमाथि सरकारले कोल्टे नीति अप्नाएर एक दुईवटा श्रमिक संगठनहरूलाई मात्र निम्ताएर बैठक गरेको खण्डमा हामी वृहत रूपमा आन्दोलनमा ओर्लिनेछौं भन्ने रंगमुक सिडर्स चिया बगानको श्रमिकहरूले चेताउनी पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement