लोहागढ क्षेत्रमा घर घर जल योजनाको काम अधुरो भएको स्थानीयहरूको गुनासो

IMG-20221017-WA0240.jpg

खरसाङ: मिरिक महकुमा अन्तर्गत पर्ने तराईको सिमावर्ती क्षेत्र लोहागढ़ चियाबारीमा गत लगभग २२ फरवरी २०२२ देखि थालिएको घर घर जल योजनाको काम आधा काममा नै ठप्प बनेको जानकारी अघि आएको छ।
दार्जीलिङ जिल्लामा पहिलो लोहागढ़ चियाबारीमा भारत सरकार र पश्चिम बंगाल राज्य सरकारको पहलमा आएको योजना आधा कामबाट अघि बढनु नसक्दा कौतुहलता बनेको छ। स्थानीय श्रमिकहरूको भनाई अनुसार काम गरेका आफ्नो हाजिरी समेत नपाएको गुनासो अघि आएका छन् भने ‌थालिएको योजना केही दिन नबित्दै स्थानीय युवाहरुले यत्रो मोटो रकमको योजना गुणस्तर नभएको भन्दै मिडिया सामु आएर गुणस्तरको माग गरेका थिए।

मुहानमा पिउने पानीको स्रोत धेरै राम्रो भएपनि हिजो अस्ति भर्खर आएको खोलाले केही नोक्सानी पुराएका पनि जान्नमा आएको छ। यसरी नै ढिलाई गरे खोलाले मुहान नै भत्काउने धेरै सम्भावना रहेको स्थानीयहरू बताउँछन्। पिउने पानीको कार्य शीघ्र शुरु हुनपर्ने साथै कार्य गुणस्तरीय हुनुपर्ने मांग लोहागढ़ चियाबारी बासिन्दाहरूले गरिहेका छन्। सम्बन्धित निकाय साथै पीएचई विभागले यसको निगरानी गर्नुपर्ने थप मांग पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement