मन्टिभियट ग्राम सुधार समितिको ५९औँ स्थापना दिवस पालन

IMG-20221017-WA0228.jpg

खरसाङ: खरसाङको मन्टिभियट चिया बगान ३ नम्बर गाउँको सार्वजनिक भवनमा मन्टिभियट ग्राम सुधार समितिको ५९औँ स्थापना दिवस भव्यरूपमा पालन गरिएको छ। साजन थापाको अध्यक्षतामा सम्पन्न यस स्थापना दिवसमा २८ नम्बर समष्टीको सभासद श्याम शेर्पा मुख्य अतिथिको रूपमा रहेको थियो। अध्यक्ष साजन थापा, मुख्य अतिथि श्याम शेर्पा, संरक्षक वीरमान तामङ, प्रमुख सल्लाहकार दावा गोले,पुरण तामाङको हातबाट धुप दिप प्रज्जवलन गरियो साथै गाउँको वयोवृद्ध २९ वर्षीय च्याउकी तामाङको बाहुलीबाट समितिको ५९औँ स्थापना दिवसको केक काटेर कार्यक्रम शुरू गरियो। समितिको दिवगत संस्थापक सदस्यहरूलाई स्मरण गर्दै २ मिनटको मौन धारण गरेपछि सत्य साई बाल विकासको नानीहरूद्वारा भजन प्रस्तुत गरेपछि गाउँको समाज सेवकहरू जसले विगत दिनहरूमा समितिको विभिन्न पदभार सम्हालेर समितिलाई सहयोग गर्नेहरूलाई सम्मान गरियो। यस क्रममा गंगाराम सुब्बा, चन्द्रा तामाङ, फुर्बा लेप्चा, सन्ते स्याङबो, किशोर रोका, सन्तबहादुर राई अनि मणि घिसिङ आदिलाई समितिको पक्षबाट सम्बर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। फुर्बा घिसिङ प्रतिभा रोका अनि रजनी प्रधान लेप्चाद्वारा संचालन गरिएको यस संागीतिक कार्यक्रममा गाउँको नानीहरूको विभिन्न नृत्य गीतहरू लगायत विभिन्न मनोरजनात्मक कार्यक्रमहरू प्रस्तुत गरियो। समिति सचिव सुनील राईले आफ्नो प्रतिवेदनमा समितिवारे छोटो जानकारी राखे। यस सांगीतिक कार्यक्रममा नृत्य अनि गीतमा भाग लिने नानीहरूलाई उपस्थित विशिष्ट अतिथिहरूद्वारा पारितोपित एक पुरस्कार वितरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement