अलीपुरद्वार: तृणमूल समर्थित श्रम संगठन इण्डियन नेशनल तृणमूल ट्रेड यूनियन काँग्रेस को बैठक सोमबार काल्चिनी ब्लकको हसिमारा क्षेत्रमा आयोजित गरिएको थियो। बैठकमा इण्डियन नेशनल तृणमूल ट्रेड यूनियन काँग्रेस जिला अध्यक्ष विनोद मिन्ज, तृणमूल काल्चिनी ब्लक अध्यक्ष वीरेन्द्र बारा ओराव र अन्य तृणमूल नेताहरू उपस्थित थिए। बैठकमा हसिमारा एमईएसमा इन्टक्टको नयाँ समिति गठन गर्ने निर्णय भएको छ।