युक्रेनको राजधानी कीभमा रुसद्वारा ड्रोन आक्रमण!

Drone-copy

युक्रेनको राजधानी कीभमा कम्तिमा चारवटा विष्फोट भएको छ। भोलोडिधीमिर जेलेन्स्कीका सल्लाहकारका अनुसार रुसले कामिकाजे ड्रोनमार्फत यी आक्रमणहरू गरेको छ। राष्ट्रपतिका हेड अफ स्टाफ एन्ड्रे यर्माकले आक्रमणले रुसको हताशता देखाएको बताए। माइकोलाइभ शहरका मेयरले सूर्यमुखी तेलको ट्याङ्कीमा यस्तै ड्रोनले आगो लगाइएको बताएका छन्। एक हप्ताअघि रुसले राजधानी कीभसहित युक्रेनको धेरै सहरमा मिसाइल आक्रमण गरेको थियो। जसमा १९ जनाको मृत्यु भएको थियो। युक्रेनी वायुसेनाका एक अधिकारीले यी कामिकाजे ड्रोनहरू इरानमा निर्मित भएको विश्वास गर्छन्। उनीहरू दक्षिणबाट युक्रेन प्रवेश गरेका थिए।

ओलेक्सान्डर सान्केभिचले कीभमा आक्रमण हुनुअघि आइतबार साँझ युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह माइकोलाइभमा तीनवटा ड्रोनले तेल ट्याङ्कीमा आगो लगाएको बताए। यसपछि सोमबार बिहान कीभमा यस्तै ड्रोन हमला गरिएको थियो। राष्ट्रपति जेलेन्स्कीले युक्रेनीहरूलाई डराउन रुसले जनसंख्या भएका शहरहरूमा आक्रमण गरिरहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement