प्रतिबन्धित पटेकासितै सिलगढीमा एकजना व्यक्ति गिरफ्तार

17-30-42-1c676fe5-1ac3-4616-a0f0-e25815544337-1024x576.jpg

सिलगढी: दीपावली पटेका बिक्री प्रतिबन्ध छ तर तिहार अघि नै सिलगढीको विभिन्न ठाउँमा पटेकाहरु बिक्री भइरहेको छ। सिलगढी मेट्रोपोलिटन पुलिस प्रतिबन्धित पटेकाको बिक्रीमा रोक लगाउनलाई कम्मर कसेर अघि बडेका छन्। यसै क्रममा सिलगढी थाना पुलिसले गत राती थाना अन्तर्गत इलाकाको एउटा दोकानमा अभियान चलाएर धेरै मात्रामा प्रतिबन्धित पटेका उद्धार गर्नको साथै एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति कुचबिहार निवासी दिलीप साहको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार दिलीप साहले ग्रीन पटेकाको आमा प्रतिबन्धित पटेका बिक्री गरिरहेका थिए। पुलिसले पक्राउ गरेका दोकानबाट ५०० भन्दा अधिक बाकस प्रतिबन्धित पटेका हिरासतमा लिएको छ। अवैध रुपमा पटेका बेचेको आरोपमा पक्रा परेका व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरियो।

About Author

Advertisement