अब ६ घण्टामै सिलगढीबाट दिल्ली

FB_IMG_1780757480875

बंगालमा भाजपाको डबल इन्जिन सरकार आउनसाथ बुलेट ट्रेनको ठुलो धमाका

काेलकाता: बंगालमा सत्ता परिवर्तन भएर भाजपाको नयाँ सरकार बन्नसाथ केन्द्र र राज्यबीचको तालमेलमा ठुलो सुधार देखिएको छ। शनिबार रेल मन्त्री अश्विनी वैष्णव र मुख्यमन्त्री शुभेंदु अधिकारीबीच राज्य सचिवालय ‘नवान्न’-मा एउटा ठुलो म्याराथन बैठक बस्यो। बैठकपछि संयुक्त प्रेस कन्फ्रेन्समा बंगालको निम्ति झन्डै १ लाख करोड रुपियाँको रेल परियोजनाहरूको घोषणा गरिएको छ।
​सबैभन्दा ठुलो र खुसीको खबर चाहिँ उत्तर बंगाल (सिलगढी) का मानिसहरूका निम्ति छ। रेल मन्त्रीले घोषणा गरे अनुसार, अब दिल्लीबाट लखनऊ र पटना हुँदै उत्तर बंगालको सिलगढीसम्म बुलेट ट्रेन दगुर्नेछ। यो परियोजना पूरा भएपछि सिलगढीबाट देशको राजधानी दिल्ली केवल ६ घण्टामा पुग्न सकिनेछ। मुख्यमन्त्री शुभेंदु अधिकारीले पूर्ववर्ती तृणमूल (टीएमसी) सरकारमाथि निशाना साध्दै भने कि पहिलेको सरकारको असहयोगले गर्दा बंगालका मानिसहरू विकासबाट टाढा रहे, तर अब जग्गा अधिग्रहणको समस्या सुल्झाएर रोकिएका ६१ वटा रेल प्रोजेक्टहरूलाई तीव्र गतिमा अघि बढाइनेछ। यसका साथै कोलकाता मेट्रोका निम्ति ६० वटा नयाँ आधुनिक रेक र राज्यमा १०२ वटा स्टेशनहरूको पुनर्विकास पनि गरिनेछ। अचम्मको कुरा त, रेल मन्त्रीले बैठक अघि भीआईपी सुरक्षा छोडेर कोलकातामा आम मानिस जस्तै मेट्रो र अटो रिक्सा चढेर यात्रा गरेको कुराले अहिले बजार तातेको छ।

About Author

Advertisement