सिलगढी। गोर्खाहरूको आत्मसम्मानलाई राज्य सरकारले आघात पुऱ्याइरहेको दार्जीलिङका सांसद राजु विष्टले आज पत्रकारहरूसित कुराकानी गर्दै मन्तव्य पोखेका छन्। यस विषयमा सांसद विष्टले बने, जीटीए चुनाउको घोषणा गरेर पहाडको जनताको विरोधमा रहेको तृणमूल सरकारले एकपल्ट फेरि स्पष्ट पारेको छ। जीटीए चुनाउको घोषणा गरेर राज्य सरकारलाई दार्जीलिङ, तराई, डुवर्स र गोर्खाहरूको पर्वाह नरहेको स्पष्ट पारेको छ। धेरै वर्ष अघिदेखि दार्जीलिङमा पञ्चायत चुनाउ भएको छैन। राज्य सरकारले पञ्चायत चुनाउ नगरेर जीटीए चुनाउ घोषणा गर्नु संवैधानिक चुनाउबिनै असंवैधानिक चुनाउ गर्नु हो। जीटीए चुनाउको घोषणा गरेर राज्य सरकारले एकपल्ट फेरि गोर्खाहरूको स्वाभिमानलाई ठेस पुऱ्याइरहेको छ। सांसद राजु विष्ट लगायत भाजपाका विधायकहरू हवाई अड्डाबाट सोझै जीटीएको विरोधमा आमरण अनशनमा बसेका बिमल गुरुङसित भेट गर्न दार्जीलिङ अनशनस्थलमा पुगे। यस अवसरमा सांसद विष्टले बिमल गुरुङलाई अनशन तोड्ने साथै राज्य सरकारविरुद्ध आन्दोलनमा सामेल हुने आह्वान पनि गरे।